२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

पवित्र बडिमालिका देवीको दर्शन गर्न गएका पूर्व मन्त्रीका छोरा कहिलै नफर्किनेगरी अल्पआयुमा अस्ताए

काठमाडौं । पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझामाथी अकल्पनीय बज्रपात परेको छ । छोरा बिप्लव ओझालाई अल्पआयुमा नै गुमाउनु परेको छ । पवित्र बडिमालिका देवीको दर्शन गर्न गएर फर्किदै गर्दा साउन २२ गते बिहीबार बेलुका करिब ७ः३० बजे बाटोबाट चिप्लिएर करिब ७०० मिटर तर खोल्सामा खसी बिप्लवको अल्पायूमै अकाल्पनिक निधन भयो ।

भौगोलिक बिकटता अनि खराब मौसमका बाबजुद नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत उच्च प्रशासनको विशेष र कठोर कर्मले उनको पार्थिव शरीर त्यहाँबाट अत्यन्तै ठूलो मेहेनतका साथ हेलिकप्टरबाट काठमाडौ ल्याइयो । ओझा सेवा समाजका केन्द्रीय अध्यक्ष समेत रहेका देवीप्रसाद ओझाको पारिवारिक स्रोतको जानकारी अनुसार आजै बेलुका ८ः१५ बजे पशुपति आर्यघाटबाट अन्तिम विदाई गरिदैछ ।

 

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस