२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

रविको पूजा गर्न नसक्ने भन्दै पूर्वमन्त्रीले पनि रास्वपा छोडिन्

काठमाडौं । सहकारी ठगी प्रकरणमा कारागारमा बन्द रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ संकटमा फसकेको छ। पार्टीमा एकपछि अर्कोले राजीनामा दिन थालेका छन्। रास्वपाकी नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छोड्ने घोषणा गरेकी छन्।

सुमना श्रेष्ठले पार्टीभित्र गल्ती स्वीकार नगर्ने र आलोचनालाई दबाउने प्रवृत्तिका कारण पार्टी छोडेको बताइन्। उनले भनिन्, ‘अब खुलारूपमा आक्रमण हुने हो भने सजिलो बनाइदिएको छु। मैले पार्टी छोडेँ।’

उहाँले पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल भएको आरोप लगाउँदै कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई पनि नेतृत्वको दुरुपयोगबारे सोच्न आग्रह गरिन्। उनले थपिन्, ‘आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्, कि हटाउनुहोस्।’

नेतालाई पूजाको कुरा उनले सभापति लामिछानेतर्फ संकेत गर्दै भनेकी हुन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस