२०८३ मङ्सिर १० गते बुधवार | 2026 November 25th Wednesday

साउदी अरबको राजधानी कै अग्गलो भवनको पुनः आक्रमणमा ३ नेपालीपनि परेको पुष्टि

रियाद । साउदी अरबको राजधानी रियादको वित्तीय केन्द्रस्थित एक अग्लो भवनलाई लक्षित गरी भएको आ`क्रमणमा तीन जना नेपाली घा`इते भएका छन् । रियादस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत सिर्जना अधिकारीका अनुसार घा`इते तीन नेपालीमध्ये दुई जनाको उपचार भइरहेको छ र एक जना डिस्चार्ज भइसकेका छन्। घा`इतेहरूको पहिचान खुलाउने काम भइरहेको दूतावासले जनाएको छ।

साउदी नागरिक सुरक्षा निकाय (सिभिल डिफेन्स) का अनुसार आ`क्रमणमा कुल ११ जना घा`इते भएका छन्, जसमा तीन नेपालीसँगै चार इजिप्टियन, दुई साउदी र दुई भारतीय नागरिक छन्। अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमका अनुसार रियादको किङ अब्दुल्लाह वित्तीय जिल्लामा रहेको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को ८० तले भवनमा आ`क्रमण भएको हो। साउदी अधिकारीहरूले यो आ`क्रमण यमनको हु`थी वि`द्रोही समूहले गरेको बताएका छन्। यसअघि नोभेम्बर १९ मा पनि सोही भवनमा आ`क्रमण भएको थियो, तर त्यतिबेला मा`नवीय क्ष`ति भएको थिएन।

 

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस