२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

रूपन्देही-३ को उपनिर्वाचनबारे आयोगले जारी गर्‍यो जरुरी सूचना

काठमाडौं । सरकारले कार्तिक १७ गते सञ्चालन गर्न तय गरेको रूपन्देही–३ प्रतिनिधि सभा उपनिर्वाचन रद्द गरिएको छ। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका बाँकी सबै कार्यक्रम स्थगित गरिएको जनाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचन मिति तोकेपछि उपनिर्वाचन रद्द गर्ने निर्णय भएको हो।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस