२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

जेन-जी आन्दोलनपछि एमालेमा ओलीको विकल्प खोज्न सुरु

Nepal’s First Medical Doctor: A Historical Milestone

काठमाडौं । भदौ २३–२४ को जेन–जी आन्दोलनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बहिर्गमित भएका छन्। पार्टी कार्यालय जलाइएका, नेताको घर क्षतिग्रस्त भएका र देशभरिको पार्टी कार्यकर्ता अन्योलमा परेका कारण अब ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न सक्ने अवस्था छैन।

एमालेका नेता–कार्यकर्ताले बताएका छन् कि अध्यक्ष सेनाको सुरक्षा घेराभित्र रहेकाले तत्काल सक्रिय नेतृत्व सम्भव छैन। उपाध्यक्ष सुरेन्द्र पाण्डे र अन्य नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने र आमसदस्यको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। स्थायी कमिटी सदस्यहरू पनि छिटो र सुविचारित निर्णयमार्फत् पार्टी पुनर्गठनको माग गर्दै आएका छन्।

पार्टीभित्रका नेताहरूको निष्कर्ष छ कि अब ओलीको नेतृत्वमा चुनावमा जान सम्भव छैन र नेतृत्व परिवर्तन अपरिहार्य भएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस