२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौँ। बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्कीको नेपाल प्रधानमन्त्री नियुक्तिलाई स्वागत गर्दै हार्दिक बधाई ज्ञापन गरेका छन्।
प्रमुख सल्लाहकार युनुसले देशको जटिल परिस्थितिमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसाको प्रतीक भएको उल्लेख गर्दै कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस