२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

सञ्चारमन्त्री खरेलले पाए महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदीश खरेल नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई औपचारिक रूपमा प्रवक्ता तोकेको हो।

यसअघि विभिन्न सरकारका समयमा सञ्चारमन्त्रीलाई नै प्रवक्ता बनाउने परम्परा रहँदै आएको थियो। खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएसँगै अब उनी मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने, सरकारको तर्फबाट आधिकारिक धारणा प्रस्तुत गर्ने र सञ्चारमाध्यमसँग प्रत्यक्ष समन्वय गर्ने प्रमुख जिम्मेवारीमा रहनेछन्।

सरकारको प्रवक्ता नियुक्त भएपछि सञ्चार मन्त्रालयलाई सरकार र जनताबीच सूचना प्रवाह गर्ने मुख्य संयोजकको भूमिकामा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस