२०८२ फाल्गुन २० गते बुधवार | 2026 March 4th Wednesday

संसद भवन वरिपरि जेनजीको कब्जा

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवनको वरिपरिका सडकहरू जेनजी आन्दोलनमा सहभागीहरूले कब्जा गरेका छन्। सोमबार मध्याह्नमा जेनजी पुस्ताका केही प्रदर्शनकारीले संसद भवन परिसर प्रवेश समेत गरेका छन्।

अहिले वरिपरिका गेट अगाडि जेनजी पुस्ताका प्रदर्शनकारीहरूले घेरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीलाई भित्र प्रवेश गर्न रोक्ने प्रयास गरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा समेत प्रहार गरेको छ। तरपनि जेनजी त्यही छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस