२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

आखिर कुलमानले गरेरै देखाए, प्राधिकरणबाट हितेन्द्र बिदा : नयाँ कार्यकारी निर्देशक नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गरी सो पदमा मनोज सिलवाललाई नियुक्त गरेको छ।

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङको स्थानमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले शाक्यलाई सरुवा गरी सिलवाललाई प्रमुख पदमा नियुक्ति दिलाएका हुन्।

सिलवाललाई प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन्।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस