२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

सिंहदरबारबाट ठूलो संख्यामा जेनजी युवा किन समातिए?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूले आन्दोलन हाइज्याक भएको आरोप लगाउँदै आक्रोश प्रकट गरेका थिए। उनीहरूले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि पनि आपत्ति जनाए र जेनजी पुस्ताको नेता मान्न नसकिने बताएका थिए।

प्रहरीका अनुसार, सुदन गुरुङको नाम लिएर विवाद पैदा भएपछि उनीहरूलाई नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भएको थियो।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस