२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

कहाँ छन् अध्यक्ष ओली ? एमालेको अफवाह, जेनजीलाई लेखिएको पत्र नै फेक

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली शिवपुरीस्थित सैनिक सुरक्षा घेरामा राखिएको र जेनजी आन्दोलनकारीलाई सम्बोधन गर्दै चिठी सार्वजनिक गर्ने चर्चा अफवाह मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।

ज्ञवालीका अनुसार हिजो कुरा भयो, परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भयो। कम्तिमा पाँच–सात दिन बाहिर निस्क्ने कि ननिस्कने टुंगो छैन। ओलीले आफूलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक भएको पत्र आधिकारिक नभएको स्पष्ट पारेको उनले उल्लेख गरे।

ज्ञवालीले ओली प्रतिकूल परिस्थितिका कारण सैनिक सुरक्षाभित्र भएको बताए। तर यसलाई नजरबन्द वा गिरफ्तारीको रूपमा प्रचार गर्नु आपत्तिजनक हुने उले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस