
काठमाडौं । सहिदभूमि गाउँपालिका–६ चाम्चास्थित टप्पुदेवी माविमा पानीपुरी र चटपटे खाँदा १५ जना विद्यार्थी बिरामी परेका छन्।
मंगलबार विद्यार्थीहरूले खाजा खाने बेलामा स्थानीय पसलमा पानीपुरी र चटपटे खाएको र त्यसपछि पेट दुख्ने र वान्ता हुने समस्या देखिएको प्रधानाध्यापक रमेश पौडेलले जानकारी दिए।
बिरामी हुने विद्यार्थीहरूमा १० वर्षिया सलिना राई, रस्मिका राई, १२ वर्षिय मिलन राई, ९ वर्षिय मिलन राई, ७ वर्षिय एमन राई, ९ वर्षिय मानवी राई, १० वर्षिय समृद्धि बिष्ट, ११ वर्षिय दिपसन राई, १० वर्षिय मैना राई, १० वर्षिय इनोसेन राई, ९ वर्षिय रीतिका राई, स्रेङ्मा राई, ८ वर्षिय गोमा थापा, ९ वर्षिय योजना राई, ९ वर्षिय मिङ्सा राई रहेका छन्।
उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ। हाल चिकित्सकहरूको अनुसार विद्यार्थीहरूको अवस्था सामान्य रहेको छ।
प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार