
काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब पार्टीको अध्यक्ष नरहेको घोषणा गरेका छन्।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष पदमा नरहेको र महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी लिएको जानकारी दिए। प्रचण्डले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
शुक्रबार बसेको माओवादी केन्द्रको बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने निर्णय गर्दै आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार