
काठमाण्डौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सनु तोलामा ७०० रुपैयाँ चाँदी ७० रुपैयाँमाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार