काठमाडौं । अन्ततः लोकप्रिय सामाजिक सञ्जाल एप टिकटक अमेरिकाकै बाहुल्य स्वामित्वमा जाने पक्का भएको छ। भर्खरै ह्वाइट हाउसका एक वरिष्ठ अधिकारी उदृत गर्दै फक्स न्यूजले यस्तो समाचार प्रकाशित गरेको हो।
अधिकारिको अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन लगानीकर्ताहरूको बहुमत स्वामित्व हुने गरी अमेरिका तथा विश्वभर लोकप्रिय टिकटकको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। यसअन्तर्गत टिकटक प्रयोगकर्ताको डाटा अमेरिकामा रहेको विश्वसनीय क्लाउडमा सुरक्षित राखिने छ।
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार

