२०८२ असोज ८ गते बुधवार | 2025 September 24th Wednesday

बडा दशैँको आज तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

काठमाण्डौँ ।  बडा दशैँको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

दशैँ अवधिभर काठमाण्डौ उपत्यकाका मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीसहित देशभरका शक्तिपीठमा दर्शनार्थीको घुुईंचो लाग्छ ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस