२०८२ असोज ११ गते शनिवार | 2025 September 27th Saturday

दशैंको टीकामा पानी पर्ला? मौसम विभागले जारी गर्‍यो चेतावनी, तयारी गर्नुहोस्!

Dashain Tika, Jamra and blessings are still going on today

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिन असोज १६ मा केही भू–भागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागको विशेष बुलेटिन अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागमा पानी पर्ने सम्भावना रहेको छ। मधेश प्रदेश र सुदूरपश्चिमका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।

असोज १४ र १५ (अष्टमी र नवमी) का दिन पनि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुने सम्भावना छ। विभागले दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस