
काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकु दोभानमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार मंगलबार २२ वर्षीया रितु मगर टेकु दोभानमा मृत भेटिएकी हुन्। उनी काठमाडौं–१६ म्हैपी बस्ने र स्थायी घर काभ्रे रहेको खुलेको छ।
घटनाको कारण अझै स्पष्ट नभएको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार