काठमाडौँ — दल दर्ताका लागि नेपाल लिबरल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी र राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेका छन्।
नेपाल लिबरल पार्टीको अध्यक्ष गोपीलाल न्यौपाने छन् र चुनाव चिन्ह सिक्का हो।
राष्ट्रिय परिवर्तन पार्टीको अध्यक्ष अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी हो।
राष्ट्रिय जेनजी पार्टी नेपालको अध्यक्ष हिरा प्रसाद सेती रहेका छन् र चुनाव चिन्ह क्रस खुकुरी हो।
निर्वाचन आयोगले दल दर्ताको निवेदन प्राप्त भएको र डकुमेन्ट अध्ययनको क्रममा रहेको जानकारी दिएको छ।
जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने पार्टीको संख्या अब ७ पुगेको छ। यसअघि नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशिल लोकतान्त्रिक पार्टीले निवेदन दिएका थिए।
श्रम संस्कृति पार्टीको अध्यक्ष धरानका मेयर हर्क साम्पाङ र गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्ष दिनेश प्रसाईं रहेका छन्।

