२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

तयार रहनुस् : आगामी तीन दिन यी स्थानमा हिमपातले उत्पात मच्चाउने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने उल्लेख छ।

त्यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा अधिकांश बदली रहने, तराई क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा भारी हिमपात र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्द्र प्रदेश प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशातर्फ सर्दै आएको छ।

यो प्रणाली नेपालको मध्य भू–भाग नजिक आइ बुधबार रातिदेखि कात्तिक १५ गते (शनिबार) सम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसमलाई प्रभावित पार्ने देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस