काठमाडौं । विष्णु सापकोटा, जसको नाम परिचय नै चाहिँदैन, अष्ट्रलियाबाट नेपाल फर्किएर दसैं तिहार मनाइरहेका छन्। उनको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
गायिका इब्सल सञ्ज्याल, जो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कालिकोट शाखाकी कोषाध्यक्ष पनि हुन्, फेसबुकमा झुम्के बुलाकी गीतमा बनाएको रिल सेयर गर्दै लेखेकी छन्, ‘’तिमि कता म कता हराउनि🙏🥰🤭’’। भिडियोमा फ्यानहरूले थरी थरीका कमेन्ट गरेका छन्।
कसैले लेखेका छन्, ‘केटि हरु बिष्णु लाई देखेर फिदा हुन कि बिष्णु केटि देखेर फिदा हो कुरा गम्भीर छ’, त अर्कोले भने, ‘बिचरा इन लाइ नि फसाउन बेर छैन।’ केहीले गाली नगरी विवेकपूर्ण प्रतिक्रिया दिन सुझाएका छन्।
प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार

