
काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ।
स्रोतका अनुसार, मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको पाइएको कारण गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएको हो।
सरकारको यो कदमले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा व्यवस्थालाई पुनः समायोजन गर्ने संकेत दिएको छ।
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार