२०८२ कार्तिक ११ गते सोमवार | 2025 October 27th Monday

उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा, कस्तो छ पछिल्लो अवस्था ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागि सिंगापुर जाने भएका छन्। उनी राति ९ बजे पत्नी आरजु राणासहित सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यस क्रममा देउवाको टाउकोमा चोट लागेको थियो र उपचारका क्रममा १२ टाका सिलाइएको थियो।

असोज २८ गते देउवाले स्वास्थ्य कारण देखाउँदै केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस