२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

महिनावारीमा यी खाना नखाए पीडा दोब्बर हुन्छ

काठमाडौं- महिनावारीको समयमा शरीर कमजोर र थकित महसुस हुन सक्छ। यस समयमा सही खानपानले ऊर्जा बढाउँछ र स्वास्थ्य सुधार गर्छ। गलत खानपानले महिनावारीको पीडा र असुविधा बढाउन सक्छ।

के खाने:

  • हरियो सागसब्जी: आइरन र म्याग्नेसियमले रक्तअल्पता र मांसपेशी दुखाइ कम गर्छ।

  • फलफूल: स्याउ, केरा जस्ता फलफूलमा भिटामिन र फाइबर हुन्छ, जसले ऊर्जा दिन्छ र थकान कम गर्छ।

  • ओखर/बदाम: प्रोटिन र म्याग्नेसियमले मूड सुधार्छ।

  • दाल/गेडागुडी: प्रोटिन र आइरनले कमजोरी हटाउँछ, रसले दुखाइ कम गर्छ र शरीरलाई हाइड्रेट राख्छ।

के नखाने:

  • फास्ट फूड: ट्रान्स फ्याट, अत्यधिक नुन र प्रशोधित तत्वले पाठेघरको दुखाइ बढाउँछ।

  • अत्यधिक क्याफिन: कफी, चिया, एनर्जी ड्रिङ्क्सले स्नायु प्रणाली उत्तेजित पारेर मांसपेशी संकुचन बढाउँछ। यसले रक्तसञ्चार कम गरी पीडा बढाउँछ।

  • मसालेदार खाना: अत्यधिक मसालेले पेटमा पोल्न सक्छ र पाठेघरको मांसपेशी संकुचन तीव्र बनाउँछ।

सही खानपान अपनाएर महिनावारीको पीडा कम गर्न र ऊर्जा कायम राख्न सकिन्छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस