२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

एलिना र प्रतापको भाइरल भिडियोले मच्चायो हलचल, सत्य के हो ?

काठमाडौं – गायिका एलिना चौहानले प्रताप दासलाई भाइटीका लगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

भिडियोमा एलिनाले प्रतापलाई भाइटीका लगाउँदै गरेको देख्न सकिन्छ। लामो समयदेखि यी दुवै TikTok भिडियोहरू बनाउँदै आएका भए पनि प्रेम सम्बन्ध नरहेको र दाजु–बहिनीको सम्बन्ध मात्रै रहेको गायिकाले खण्डन गर्दै आएकी छन्।

दशैंमा अमेरिकामा सँगै टीका लगाएका यी दुवैले अब तिहारमा पनि भाइटीका लगाएर आफ्नो दाजु–बहिनीको सम्बन्ध मात्रै रहेको प्रमाणित गर्नेछन् कि भन्ने प्रश्न उब्जिएको छ। एलिनाले भनेकी छन् कि सार्वजनिक भएको भिडियो गीतको सुटिङको क्रममा खिचिएको हो।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस