काठमाडौं। माइपोखरी काण्डपछि केही समय शान्त भएकी कन्टेन्ट क्रियटर इस्टु कार्की फेरि विवादमा तानिएकी छन्। नेपाल–ओमानबीचको क्रिकेट म्याच हेर्दै उनले हिजो राति फेसबुकमा अश्लील र द्विअर्थी स्टाटसहरू लेखेकी थिइन्।
चितवनको एउटा होटलमा बसेकी इस्टुले म्याच अवधिभरि २७ वटा पोस्ट गरेकी थिइन्, जसमा कम्तीमा चारवटा स्टाटसहरू यौनजन्य आशययुक्त थिए। ती पोस्टमा आएका अधिकांश कमेन्टहरू पनि अश्लील प्रकृतिका छन्।
सुरूमा सामान्य ढंगले लेख्न थालेकी इस्टुले रात बढ्दै जाँदा पोस्टहरूमा कामुकता झल्काउन थालिन्। उनको पहिलो विवादास्पद स्टाटस थियो– “सर्पले भ्यागुता समाए जस्तो समाउ न यार! समाउन पनि के सिकाउनु।”
सो पोस्टमा भक्कु प्रतिक्रियाहरू आएपछि उनले अर्को स्टाटस लेखिन्– “नन्दु बिस्तारै!” जसले गर्दा मानिसहरूले उनलाई बलर नन्दन यादवसँग जोडेर हेरे। त्यसपछि उनले लेखिन्– “सोम झार्देको?” र अन्त्यमा थप लेखिन्– “मज्जा नै आएन।”
यी सबै स्टाटसहरू अहिले पनि उनको फेसबुक टाइमलाइनमा देखिन्छन्। ती पोस्टमा सयौँ कमेन्ट र प्रतिक्रिया आएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्– “तिमीले क्रिकेट हेरेकी कि सुहागरात मनाएकी?”
धेरैले उनलाई भाइरल बन्ने लोभमा आफ्नो चरित्र खस्काएको आरोप लगाएका छन्। इस्टु यसअघि इलामको माइपोखरीमा अर्धनग्न फोटोसेसन गरेर भाइरल भएकी थिइन्। उनका पछिल्ला पोस्टहरूले पुनः सामाजिक सञ्जालमा उनको विवादित छवि उजागर गरेको छ।
आफ्ना स्टाटस भाइरल भएपछि उनले आफूले द्विअर्थी लाग्ने शब्द लेखेको स्विकार गरेकी छन्। आफूले छिटोछिटो अपडेट गर्दा त्यस्तो भएको उनको बुझाइ छ। क्रिकेटको हरेक अपटेड द्विअर्थी लाग्ने प्रकारको हुने दाबी पनि उनले गरेकी छिन्।

