२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

आज एकैदिन सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ३९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस