
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछिको दोस्रो दिनपनि उच्च बृद्धी हुँदै सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । दशैं बिदापछिको पहिलो दिन हिजो सुनचाँदीको मूल्य एकैदिन ७ हजार ६ सयले बढेको थियो । आजपनि झण्डै ३ हजार बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि हिजा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको थियो । यो हालसम्म कै उच्च मूल्य पुगेको हो ।
यसैगरी चाँदीको मूल्यपनि बढेको छ । हिजो २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ९६० रुपैयाँ पुगेको छ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार