२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

सहकारी ठगी : छवि र रविलाई उच्च अदालतको जोडदार झट्का

काठमाडौँ — सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।

बुधबार उच्च अदालत तुलसीपुर, बुटवलको इजलासका न्यायाधीश ओमप्रकाश अर्यालतेजनारायण पौडेलको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गरेको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम बुझाए पनि जिल्ला अदालतले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतको रूपमा पेस गरेका थिए। जोशीले पनि उस्तै रकम बराबरको जमानत पेस गरेका थिए।

हाल दुवै जना पुर्पक्षका लागि कारागारमा छन्। लामिछानेलाई भैरहवा कारागारबाट ललितपुर नख्खु कारागारमा सारिएको छ भने जोशी भैरहवामा नै छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस