
काठमाडौँ । काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा८१प ७३५ नम्बरको मोटरसाइकल गए राति दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका छन्। प्रवक्ता सुवेदीले बताए अनुसार, पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा उक्त मोटरसाइकल सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि काठमाडौँ मेडिकल कलेज लगिएको थियो, तर उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार