
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई भयरहित र राजनीतिक रुपमा स्थिर वातावरण कायम गर्दै समयमै चुनाव सम्पन्न गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्की बिहीबार अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलसहित शीतल निवास गएर राष्ट्रपति पौडेलसँग करिब ४० मिनेट छलफल गरेकी थिइन्।
भेटमा निर्वाचन आयोग र सरकारले चुनाव तयारीका लागि गरिरहेका कामहरू, राजनीतिक दलहरूका सरोकार, र सबै पक्षले चुनाव समयमै हुने कुरामा स्पष्ट रहनुपर्ने विषयमा चर्चा भएको छ।
राष्ट्रपति पौडेलले सबैलाई चुनावमा केन्द्रित हुन र सरकारलाई त्यसका लागि आवश्यक कदम चाल्न सुझाव दिएका छन्।
प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार