२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

मधेश प्रदेशले पायो नयाँ मुख्यमन्त्री, को हुन् ?

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

सोनलले आजै ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। तर, काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफ्नो १३ सांसदको समर्थन रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।

जनमतका सांसदले सोनललाई समर्थन गरेपछि प्रदेश प्रमुख कार्यालयले उनीलाई नै नियुक्ति दिएको छ। यस क्रममा प्रदेश प्रमुख कार्यालयमा दुई पक्षबीच तनाव समेत देखिएको थियो।

फलस्वरूप, निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह दीपकले जनस्वाराज पार्टीमा सनाखत गरेका छन्। नियुक्ति कार्यसूचीको क्रममा सामान्य झडप समेत भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस