काठमाडौं — अभिनेत्री अञ्जना बराइलीले जीवनमा कहिल्यै पनि बेड सिन दिनुपर्ने फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी छन्।
एक पोडकास्टमा कुरा गर्दै उनले आफूले खेलेको फिल्म परिवारले हेर्नसक्ने खालको हुनुपर्ने बताइन्। ‘मेरो परिवारले हेर्नसक्ने काम मात्र गर्नुपर्छ मलाई। अडियन्स पनि परिवारकै हिस्सा हुन् — भाइबहिनी, आमाबुबा। बेड सिन गर्न मलाई सक्दिनँ जस्तो लाग्छ,’ उनले भनिन्।
उनका अनुसार कलाकारले कुनै भूमिका गर्नु ठूलो कुरा होइन, तर त्यस भूमिकालाई न्याय दिन सक्नु नै वास्तविक अभिनय हो। ‘बेड सिनमा म न्याय दिन सक्दिनँ,’ उनले थपिन्।
बराइलीले फिल्म ‘महापुरुष’ पछि बेड सिन र अश्लील दृश्यहरू आवश्यक पर्ने केही प्रोजेक्टहरू अस्वीकार गरेको पनि खुलाएकी छन्।
प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार

