२०८२ असोज २० गते सोमवार | 2025 October 6th Monday

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने भनेर किन गएनन् ?

काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । उनीहरु पहिलो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो । काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो ।

‘इलाम जान भनेर काठमाडौंबाट ११ बजे प्रस्थान गर्ने भन्ने तयारी थियो । तर ११ बजेभन्दा अगाडिको टिकट पाएमा अगाडि नै जाने भन्ने भयो तर नपाएपछि आज इलाम जाने कार्यक्रम क्यान्सिल भयो,’ गृहमन्त्रालय स्रोतले भन्यो । राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने कार्यक्रम बनाउने मन्त्रालयका एक अधिकारीले बताए ।

असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया दिनुहोस