२०८२ असोज २३ गते बिहिवार | 2025 October 9th Thursday

ओली र लेखकविरूद्धको जाहेरीमा नयाँ ट्विस्ट : कार्की आयोगले के भन्यो ? (विज्ञप्तिसहित)

काठमाडौं – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाहेरी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध आयोगको कार्यक्षेत्रमा नपर्ने निर्णय भएको छ।

आयोगका प्रवक्ता विज्ञान राज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भने, आयोगको कार्यक्षेत्र भदौ २३–२४ गतेका भौतिक र मानवीय क्षतिहरूको यथार्थ छानबिन, कारणहरूको अनुसन्धान र सुझाव प्रतिवेदन तयार पार्नेमा सीमित छ। फौजदारी अपराधमा कसूरदार ठहरिएमा अभियोजन गर्ने कार्य आयोगको अधिकार क्षेत्र बाहिर पर्छ।

जाहेरी आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई फिर्ता पठाएको छ। प्रहरीले यसअघि ओली र लेखकविरुद्धको जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो।

जेनजी आन्दोलनमा हिंसात्मक गतिविधि भएको थियो र यस घटनाको अनुसन्धानलाई लिएर राजनीतिको तहमा बहस जारी छ।

553861055_2206035569870975_7854522760878000307_n

553599319_1534479497737858_2220529735630443932_n

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस