काठमाडौं — एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ, जसमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका छन्।
अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्तावलाई बैठकमा ताली बजाएर अनुमोदन गरे। पार्टीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा)सँग पनि एकता गर्ने निर्णय गरेको छ।
उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेपालले एकताका लागि पार्टी सचिवालयले थप गृहकार्य गर्ने जानकारी दिएका छन्। यद्यपि, झलनाथ खनाल, घनश्याम भूसाल, विजय पौडेल र रामझाँक्री लगायतका नेताहरू माओवादीसँगको एकतालाई विरोध गर्दै आएका छन्।
प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार

