२०८२ असोज २२ गते बुधवार | 2025 October 8th Wednesday

प्रधानमन्त्री कार्कीले विश्वभरका राजदूतहरूलाई दिइन् कडा निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा आएको परिवर्तनका विषयमा जानकारी फैलाउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिइन्।

बुधबार परराष्ट्र मन्त्रालयमार्फत विभिन्न देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै उनले सम्बन्धित मुलुक र सरोकारवालालाई नेपालमा भएका सुधार र परिवर्तनबारे जानकारी गराउन आग्रह गरे।

प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, प्रधानमन्त्रीले निर्वाचन मिति तय भएको अवस्थामा आवश्यक परे विदेशी सरकार र संस्थासँग समन्वय गर्न निर्देशन दिएकी छन्। जेनजी आन्दोलनले प्रभावित पर्यटन र अन्य क्षेत्रको पुनरुत्थानका लागि प्रचार–प्रसार गर्न समेत आग्रह गरिएको छ।

त्यसैगरी, विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न र ध्वस्त संरचनाको पुनर्निर्माणका लागि स्थापित कोषको प्रचार–प्रसार गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएकी छिन्।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस