काठमाडौं । कागेश्वरी मनोहरा–६ – मुलपानी नर्लिङगेटस्थित सडकमा कारले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार बा ५ च ८३२० नम्बरको कारले बाप्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। सोमबार पाख्रिनको शङ्खरापुर अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार

