२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

मोटरसाइकल दुर्घटनामा अस्ताए वरिष्ठ कृषि अधिकृत लम्साल

स्याङ्जा — स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा ४५ वर्षीय वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ।

लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहिसकेको र स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा रहेको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस