२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

गायिका नितु मृत्यु प्रकरणमा नयाँ ट्विस्ट : गायकविरुद्ध जाहेरी, सात वर्षको प्रेम र क्याफेको रहस्य खुल्यो

काठमाडौँ। गायिका नितु पौडेलको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ। उनले १ कात्तिकमा अनामनगरस्थित संगीतकार बाबुल गिरी (धनबहादुर) को स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्की आत्मदाह प्रयास गरेकी थिइन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा एक सातासम्म उपचारपछि उनलाई बिहान साढे ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए। नितु र बाबुल करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। बाबुलको स्टुडियोको तलपट्टि नितुले सञ्चालन गर्दै आएकी ‘डुर्बिना क्याफे’ थियो।

स्रोतका अनुसार पछिल्ला महिनाहरूमा उनीहरूबीच विवाहका विषयमा विवाद भइरहेका थिए। नितुले विवाहका लागि दबाब दिँदै आएकी थिइन् भने बाबुलले टार्ने प्रयास गर्दै आएका थिए। लगातारको तनावपछि नितु डिप्रेसनमा परेकी थिइन्।

गायिका पौडेलको मृत्युपछि उनका दाइ गणेश पौडेलले बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दर्ता गराएका छन्।

बाबुल गिरी पछिल्ला वर्षमा चर्चित संगीतकार तथा पाश्र्वगायकका रूपमा परिचित छन् भने नितु पौडेलले एक दशकभन्दा बढी समयदेखि सांगीतिक यात्रामा सक्रियता देखाएकी थिइन्।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस