२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

सरकारलाई सर्वोच्च अदालतको जोडदार झट्का : जारी गर्‍यो यस्तो आदेश

काठमाडौं। सर्वोच्च अदालतले विभिन्न ११ देशका लागि नियुक्त नेपाली राजदूतहरू फिर्ता गर्ने सरकारी निर्णयको कारण पेश गर्न आदेश जारी गरेको छ।

राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको दाबीसहित दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो। अदालतले छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने बताउँदै दुवै पक्षलाई आगामी शुक्रबार (कार्तिक १४) उपस्थित हुन आदेश दिएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका आवासीय राजदूतलाई सरकारले २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो। फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (यूके), संयुक्त राज्य अमेरिका (यूएसए) र जापान रहेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस