२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

यी हुन् कार्की सरकारमा सामेल गराइने तीन मन्त्री, ७ दिनको अल्टिमेटम (नामसहित)

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवारले सरकारसँग तीन मन्त्रालयको माग गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शहीद परिवार संघर्ष समितिले शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै खबरदारीका लागि भए पनि क्याबिनेटमा आफ्नो उपस्थिति आवश्यक भएको बताएका हुन्।

शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्की र अन्य जेनजी समूहले समेत वास्ता नगरेको गुनासो गरे। समितिले श्रम तथा रोजगार मन्त्रालयमा दिपक चौधरी, खानेपानी मन्त्रालयमा भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयमा कमल सुवेदीको नाम सिफारिस गरेको छ।

सात दिनभित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस