काठमाडौँ । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा भाइटीकाका दिन देउसीभैलो खेल्ने क्रममा भएको झगडा र कुटपिटमा एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा ४४ वर्षका सन्तबहादुर ठाडालाई स्थानीयहरूले कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय रिंकु गुरुङ, एक नाबालक र धरन पाइजा रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रहरी घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने बताएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार

