काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन बुधबार तोलाको २ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहिबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २ हजार ५९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५५५ रुपैयाँमा कारोबार भईरहेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार

