काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार पनि सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहिबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार (आज) बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ९०५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार

