२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपाली महिला टोलीले आज इरानसँग खेल्दै

काठमाण्डौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले शुक्रबार इरानसँग खेल्दैछ । खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।

इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली बुधवार भारत प्रस्थान गरेको हो । नेपालले कात्तिक १० गते भारतसँग खेल्नेछ । यो खेल पनि शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा नै हुनेछ । त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३ औं र इरान ७०औं स्थानमा छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस