२०८२ असोज २६ गते आइतवार | 2025 October 12th Sunday

काठमाडौं धानखेतमा मृ`त भेटिएका पुरुषबारे के भन्छ प्रहरी ?

काठमाडौँ। दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धानखेतमा अन्दाजी ४० वर्षका एक पुरुषको शव फेला परेको छ।

शवको सनाखत हुन नसकेको र पुरुषको परिचय नखुलेको कारण प्रहरीले अनुसन्धानमा कठिनाइ भइरहेको जनाएको छ। स्थानीय प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस