२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

अनामनगरमा के भयो यस्तो? स्टुडियोभित्र गायिकाको हंगामा, दुई जना घाइते!

काठमाडौं । काठमाडौंको अनामनगरस्थित गायक बबुल गिरीको स्टुडियोमा एक युवतीले आत्मदाह प्रयास गरेकी छिन्। शनिबार दिउँसो स्टुडियोमै अन्दाजी ३० वर्षीया गायिका नितु पौडेलले पेट्रोल खन्याएर आफूलाई जलाउने प्रयास गरेकी थिइन्।

घटनामा पौडेलसहित धनबहादुर गिरी नामका एक युवक पनि घाइते भएका छन्। दुवैजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

भट्टराईका अनुसार आत्मदाह प्रयासबारे खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस