२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

काठमाडौंको होटलमा मृत भेटिएका व्यक्ति को हुन्?

काठमाडौं । काठमाडौंको सुन्धारास्थित रोयल थकाली होटलमा मंगलबार बिहान मृत फेला परेका व्यक्ति रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन भएको खुलेको छ।

बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा पुन बेहोस अवस्थामा फेला परेका थिए। तत्काल प्रहरीलाई खबर गर्दा उनी मृत रहेको पुष्टि भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको मृत्यु सोही कारणले भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ निवासी पुन लामो समयदेखि रुकुम पश्चिममा रहेर शैक्षिक क्षेत्रमा सक्रिय थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस