२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

अचानक किन सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल ?

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल सोमबार शपथग्रहणलगत्तै सर्वोच्च अदालत पुगेका छन्।

शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ सकिएपछि खनाल प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै सर्वोच्च अदालत पुगेका हुन्। अदालत स्रोतका अनुसार, सर्वोच्चमा भएको क्षतिको आकलन तथा पुनःनिर्माणका विषयमा जानकारी लिन उनी त्यहाँ पुगेका थिए।

यसअघि पनि सरकारका अन्य प्रतिनिधिहरूले सर्वोच्च परिसरको निरीक्षण गरेका थिए। बुधबारदेखि सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ सुरु गर्न लागेको पृष्ठभूमिमा मन्त्री खनालले अदालतको अवलोकन गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस